सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक समीक्षामा पत्रकारलाई प्रवेश निशेध





धनगढी, २७ साउन- सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा कार्यक्रममा पत्रकारलाई निषेध गरिएको छ ।


बुधबार बिहन ११ बजेदेखि सुरू भएको कार्यक्रममा पत्रकारलाई फोटो खिच्न मात्र अनुमति दिएको छ । फोटो खिचिसकेपछि पत्रकारलाई बाहिर बाहिर जान भनिएको छ ।




वरिष्ठ पत्रकार चित्राङ्ग थापाले समीक्षा कार्यक्रममा पत्रकारलाई बस्न नदिनु दुर्भाग्यपूर्ण भएको बताए । ‘समीक्षा कार्यक्रममा पत्रकारलाई बस्न नदिने हो भने समीक्षा कस्का लागि हो ?’ उनको प्रश्न छ ।
समीक्षा कार्यक्रममा सातवटा मन्त्रालयका मन्त्री, राज्यमन्त्री, प्रदेश सचिव, सातवटै मन्त्रालयका सचीव, सूचना अधिकारीलगायतको सहभागिता छ । सरकारी निकायका हरेक समीक्षा कार्यक्रम सार्वजनिक हुने गरेका भएपनि सुदूरपश्चिम प्रदेश सरकारले भने प्रवेश अनुमति दिने गरेको छैन ।
प्रदेश सरकारले आन्तरिक समीक्षा भन्दै पत्रकारलाई प्रवेशमा रोक लगाउने गरेको छ । प्रदेश सरकारले सार्वजनिक रुपमा समिक्षा कार्यक्रम गर्ने गरेको छैन ।



