काठमाडौं । नेपाल एपीएफ क्लबले एन्फा महिला लिगअन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध १९–० को फराकिलो जित निकालेको छ।
एपीएफको जितमा रश्मीकुमारी घिसिङ र अनिता केसीले समान ४ गोल गरे । यस्तै, प्रिति राईले ३ गोल गर्दा कुसुम खतिवडा र सविता रानामगरले समान २ गोल गरेका थिए । यस्तै, सरु लिम्बु र रेनुका हमालले समान एक गोल गरे भने दुई गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो । यो जारी लिगको जित र हारमा ठूलो अन्तरको नतिजा हो ।
जारी महिला लिगमा सुदूरपश्चिमको लगातार आठौं हार हो । सुृदूरले जारी लिगमा सर्वाधिक गोल पनि बेहोरेको छ । आठ खेल खेल्दा सुदूरको पोस्टमा ६५ गोल भइसकेको छ । सुदूरका लागि तुलचा बोहोरा र रितिका कार्कीले १–१ गोल मात्रै गरेका छन् । विपक्षीलाई तीन गोल गरेकोमा एक गोल आर्मीविरुद्ध आत्मघाती थियो ।
सबैभन्दा ठूलो हार एपीएफसँगै भएको छ । यसपछि त्रिभुवन आर्मी क्लबविरुद्ध १४–१ को हार बेहोरेको हो । सबैभन्दा कम अन्तरको हार कर्णाली प्रदेशविरुद्ध ३–० को हो । अब, एक खेल खेल्न बाँकी छ । जसमा, कोशी प्रदेश रहेको छ ।
सुदूरको हार नतिजा
वागमती युथ क्लबविरुद्ध १–५
नेपाल पुलिसविरुद्ध ०–९
त्रिभुवन आर्मीविरुद्ध १–१४
चन्द्रपुर नपाविरुद्ध ०–४
वालिङ नपाविरुद्ध १–५
कर्णाली प्रदेशविरुद्ध ०–३
संकटा क्लबविरुद्ध ०–६
नेपाल एपीएफविरुद्ध ०–१९