कञ्चनपुरमा चार लाख बढीको भन्सार छलीका सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा ४ लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थान बेलौरी नगरपालिका–६ नकैया, बेलौरी नगरपालिका–७ पौलाह, बेलौरी नगरपालिका–१० भुडा र पुनर्वास नगरपालिका–४ कारकिलडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ लाख १५ हजार ७२२ मूल्य बराबरको सामान बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

उक्त स्थानबाट चिनी, पेय पदार्थ, कस्मेटिक सामान, किरानाका सामान, स्वीटर, कुर्ती, ज्याकेट, पुरानो ब्याट्री, सिल्भर, तामा, पितल, बुफर, बल्ब, साईकल ६ थान लगायतका सामान प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...