भारतले नाकाबन्दी गरेको दिनको सम्झनामा हाम्रो पार्टी नेपालले कालो दिन मनायो

अत्तरिया- भारतले चौथो पल्ट २०७२ साल असोज ७ गते नाकाबन्दी गरेको दिनको सम्झनामा आज सोमबार कालो दिन मनाएको छ । कैलालीको अत्तरियामा हाम्रो पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य नारायण पाण्डेको नेतृत्वमा र केन्द्रीय सदस्य लक्ष्मी भट्टको संयोजनमा कार्यक्रमको आयोजना गरी कालो दिन मनाएको हो ।

भारतले नेपालमा पहिलोपटक २०१९ सालमा नाकाबन्दी गरेको थियो । त्यसपछि २०२७ सालमा दोस्रो नाकाबन्दी गरेको थियो । त्यसैगरी २०४५ सालमा तेस्रो नाकाबन्दी गरेको थियो । यस्ता नाकाबन्दीका काला दिनहरू अझै पनि आउनेछन् ।

कार्यक्रममा राष्ट्रिय स्वाधिनताको रक्षा गरौं ,राष्ट्रिय सुरक्षा जिन्दाबाद ,सहिद गोविन्द गौतम अमर रहुन्, किसान नेता भीमदत्त पन्त अमर रहुन्, स्वदेशी उत्पादन खपत गरौं,आत्मनिर्भर राष्ट्र बनाउन एकजुट हौ राष्ट्रिय एकता जिन्दाबाद, लिपुलेक कालापानी हाम्रै हुन्, भारतले हड्पेको भूमि फिर्ता गरौँ । भारतीय विस्तारवादी नीति मुर्दावाद भन्ने नाराहरू लगाइएका थिए । 

हाम्रो पार्टी नेपालले सधैँ राष्ट्रघातका विरुद्ध कार्यक्रम गर्ने र यस्ता काला दिनहरु अझै मनाउने प्रयत्न गर्नेछ भन्दै वक्ताहरूले जनतामा अबको आशा हाम्रो पार्टी नेपालमा रहेको बताए । देश  कांग्रेस र कम्युनिष्ट पार्टीहरूले देश सखाप गरिसके । यिनीहरूको विकल्प हाम्रो पार्टी नेपाल नै हो । भनी घोषणा गरे । आजको दिन हाम्रो पार्टी नेपालले देशका विभिन्न ठाउँहरूमा कालो दिन मनाएको छ ।

Loading...