बहिरा समुदायको बिकास, पहिचान एवं प्रतिनिधित्वका लागी प्रदेश सरकार कटिबद्ध छ: मुख्यमन्त्री शाह

धनगढी- सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ७ औँ अन्तराष्ट्रिय साकेंतिक भाषा दिवशका अवशरमा साकेंतिक भाषिकहरुलाई सुभकामना दिएका छन् ।

मुख्यमन्त्री शाहले साकेंतिक भाषा संचार गर्ने भाषिक अल्पसख्यंक, समुदायका रुपमा रहेका बहिरा समुदायका लागी राष्ट्रिय बहिरा महासंघ सुदुरपश्चिम प्रदेश र कैलाली जिल्ला बहिरा सघंले खेल्दै आएको महत्वपुर्ण भुमिकाका लागी धन्यवाद दिएका छन् ।

Navadurga sun

बहिरा समुदाय समाजको बिविधताको एक अभिन्न अगं रहेको उनले बताएका छन् । सुभकामना दिदै उनले भनेका छन् “बहिरा समुदायको बिकास, मुल प्रवाहिकरण, पहिचान एवं प्रतिनिधित्वका लागी प्रदेश सरकार कटिबद्ध रहेको छ, सुदुरपश्चिम प्रदेश सरकारले साकेंतिक भाषाको दोभाषे तालिम प्रदान गर्ने तथा बहिरा नागरिकहरुलाई दोभाषे सेवा प्रदान गर्ने कार्यको सुभारम्भ गरिसकेको छ, यस महत्वपुर्ण अवशरमा साकेंतिक भाषा तथा संचारको बिकासका लागी सुदुरपश्चिम प्रदेश सरकारले आगामी दिनमा प्रार्थमिकतामा राख्ने प्रतिबद्धता जाहेर गर्दछु ।” उनले थपेका छन् “साकेंतिक भाषहरुको अन्तराष्ट्रिय दिवश २०८१ को उपलक्षमा आफ्नो भाषिक पहिचान, प्रतिनिधित्व, सामाजिक समावेशीकरण तथा समग्र बिकासका लागी सशक्त रुपमा अगाडी बढ्ने शक्ती समग्र बहिरा समुदायमा प्राप्त होस भन्ने सुभकामना ब्यक्त गर्दछु ।”

७ औँ अन्तराष्ट्रिय साकेंतिक भाषा दिवशका अवशरमा बहिरा सघं कैलालीको आयोजनामा धनगढीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो । साकेंतिक भाषा अधिकारका लागी सकेंत गरौँ भन्ने उद्देश्य सहित धनगढीको मुख्यमन्त्री कार्यालय अगाडीदेखी पार्कमोड सम्म प्रभातफेरी निकालिएको हो ।

दिवशको अवशरमा आयोजित प्रभातफेरीको सुभरम्भ सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री मेघराज खड्काले गरेका हुन् ।

दिवशको अवशरमा खड्काले सम्पुर्ण साकेंतिक भाषीहरुलाई सुभकामना दिएका छन् । उनले साकेंतिक भाषाको बिकास र फरक क्षमता भएका बहिरा ब्यक्तीहरुको संरक्षण र उहाँहरुको जिबिकोपार्जनमा सरकारी लगानी आवश्यक रहेको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...