भ्रष्टाचार नियन्त्रण गर्न अहिलेको सरकार बनेको हो: नेता विश्वकर्मा

अत्तरिया- नेपाली कांग्रेसका प्रचारप्रसार विभाग प्रमुख मीन बहादुर विश्वकर्माले जनताको भावना अनुसार अहिलेका सरकार बनेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आज (आइतबार) धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अस्थिरताका कारण आजित भएर कांग्रेस एमाले मिले हुन्थ्यो भन्ने जनताको चाहना अनुसार यो गठबन्धन बनेको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उनले अहिलेको गठबन्धन कांग्रेस र एमालेको बाध्यता तथा रहर पनि नभएको बताए । उनले भने ‘यो गठबन्धन कांग्रेस एमालेको रहर पनि होइन्, बाध्यता पनि होइन्, राष्ट्रिय राजनीतिको आवश्यकता हो ।’

अहिले हामी एक ठाउँमा बसेका छौँ । राजनीतिक अस्थिरताले विकासका कामले पनि पूर्णता नपाउने, विधिको शासनले पनि निरन्तरता नपाउने’ उनले भने ‘भ्रष्टाचार नियन्त्रणका लागि आग्रह पूर्वाग्रह भएर सरकार नअलमलिन यस्तो अवस्थामा बलियो चाहिन्छ भनेर यो सरकार बनेको हो ।’

भ्रष्टाचार नियन्त्रण गर्न, विधिको शासनका लागि, अन्राष्ट्रिय सम्बन्ध सुमधर बनाउँदै स्थिरता ल्याउन तथा नेपाली जनताको निराशालाई आशामा ल्याउन अहिलेको गठबन्धन बनेको उनले बताए । सहकारी ठगीमा दोषी ठहरिएका जो सुकै भएपनि कारबाहीका हुनुपर्छ भन्नेमा नेपाली कांग्रेस प्रतिबद्ध रहेको उनले बताए ।

Loading...