खुटिया नदीबाट संकलन भएको राजश्व २५ प्रतिशत रकम सोही वडामा विनियोजन गर्न वडा बासीको माग

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ बासीले खुटिया नदीबाट संकलन भएको राजश्वको २५ देखी ३५ प्रतिशत रकम सो क्षेत्रमै विनियोजन गर्न माग गरेका छन् । उनीहरूले आज आइतबार वडा नम्बर ९ का अध्यक्ष रामलाल रानालाई खुटिया नदीबाट संकलन भएको राजश्वको २५ देखी ३५ प्रतिशत रकम यही क्षेत्रमा विनियोजन सहित विभिन्न पाँच माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।

Ganyapdhura gau

उनीहरूले यस क्षेत्रका दैनिक चलनचल्तीमा आउने प्रमुख बाटो (मड्ङ्कट्टी वेला धनगढी जोड्ने सडक यही आर्थिक वर्षमा कालो पत्रे हुनेगरि बजेट रातो किताबमा समावेश गराइनुपर्ने साथै अन्य क्षेत्रका वाटा घाटा पनि कालो पत्रेको लागी समावेश गरिनु पर्ने माग पनि गरेका छन् । त्यस्तै कन्ट्रक्सनहरु संचालन गर्दा समाजलाई मध्यनजर गरी कानुनले तोकेको क्षेत्रभित्र राज्यले दिने अनुमति लिएर मात्र सञ्चालनमा ल्याउने व्यवस्था मिलाइ दिनुपर्ने माग पनि पत्रमा समावेश गरिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस क्षेत्रको विकासका लागि आएको बजेट प्रत्येक आर्थिक वर्षमा जनतालाई पूर्ण रुपमा वडा मार्फत जानकारी हुने गरी कामको क्षेत्र तोकेको जम्मा बजेट स्पष्ट सम्बन्धित वडामा आएको रातो किताबबाट आफ्नो वडाको मात्र सूचना निकाली जानकारी हुनुपर्ने तथा अव उप्रान्त विकासका हरेक क्षेत्रलाई प्राथमिकताका साथ रातो किताबमा उल्लेख गर्नुपर्ने सम्झौता हुनुपर्ने उनीहरूले माग गरेका छन् ।

आफूहरूका माग सम्बोधन नभए आन्दोलनमा जाने स्थानीयको भनाई छ । मुरकट्टीका भलन्सा कुत्तुलाल रानाको संयोजकत्वमा संघर्ष समिति पनि गठन गरिएको छ । खुटियाबाट नगरपालिकाले करोडौँ रकम राजश्व संकलन गर्दा प्रभावीत क्षेत्रका जनतालाई भने कटान र धुलो मात्रै चखाएको उनीहरुको आरोप छ ।

संघर्ष समितिका सल्लाहकार संयोजक हेम चन्दले आफूहरूका माग सम्बोधन नभएसम्म आफुहरुले वडा नम्बर ९ को क्षेत्रमा खुटियाबाट नदीजन्य पर्दाथ संकलन गर्न नदिने बताए । नदीजन्य पर्दाथ उठाउन नगरपालिकाले जवरजस्ती गरेमा सिर्जित परिस्थीतिको जिम्मेवार पनि सरकारी निकाय नै हुने उनले बताए । मागपत्र बुझ्दै वडा अध्यक्ष रानाले आफुलाई प्राप्त भएका मागहरु माथील्लो निकायमा पुर्याउने बताएका छन् ।

Couple
Loading...