धनगढी विमानस्थलमा काठमाण्डौ जाँदै गरेका बोहरा ढलेर मृत्यु

धनगढी- धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु भएको छ । शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बाेडिङ पास गरी सकेर प्लेन मा चढ्न भनी पैदल हिड्ने क्रममा ढलेर गोदावरी नगरपालिका -२ बस्ने ५२ वर्षीय  शेरबहादुर बाेहाेराकाे ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बाेहाेराले ढलेर बेहाेस् भएका बाेहाेरालाई तत्काल माया मेट्राे अस्पताल पुगाइएका तर चिकित्सकले मृत घोषणा गरेको बताए । उनको हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ ।

Navadurga sun
Godawari sandesh

बाेहाेराकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । भने अहिले नै दाहसंस्कार का लागि गोदावरी आर्यघाटमा लागिएको छ ।

Loading...