पर्यटकीयस्थल गोदावरीको काठेपुल वरिपरि सरसफाई

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. ४ को मा रहेको काठेपुल क्षेत्र वरपर सरसफाइ गरिएको छ । गोदावरी अस्थायी प्रहरी पोष्ट, ट्राफिक अस्थाई चेक पोष्टका प्रहरीहरू र स्थानीय व्यावसायीहरूले काठेपुल क्षेत्र परपर सरसफाइ गरिएको हो । 

सरसफाइमा चाहिने सामग्रीहरू झाडो, पन्जा लगायत अन्य बस्तु गोदावरी नगरपालिकाले उपलब्ध गरेको गोदावरी धाम विकास समितिका सचिव दिपेन्द्र अवस्थीले जानकारी दिए ।

Navadurga sun

गोदावरीको पर्यटकीय क्षेत्रका रुपमा प्रचार–प्रसार गर्ने उद्देश्यले काठे पुलमा समय समयमा झण्डा तथा डोकाहरु लगाउने क्रियाकलाप हुँदै गर्दा सरसफाइमा पनि ध्यान दिनु पर्ने भएकाले सबैको सहयोगमा सरसफाइ गरेको अवस्थीले बताए । गोदावरी धाममा केही दिन अगाडि समेत सरसफाइ गरेको थियो ।

सुदूरपश्चिम प्रदेशकै धार्मिक पर्यटकीय क्षेत्र भएकाले गोदावरी क्षेत्रमा हुने विभिन्न विकृतिहरू रोक्न प्रदेश सरकार र स्थानीय सरकारले पहल चाल्नुपर्ने उनले बताए । साथै यस क्षेत्रको विकासका लागि लगानी बढाउनुपर्ने बताएका छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...