चितुवाको छालासहित एक जना पक्राउ

बझाङ । बझाङमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन्। शुक्रबार साँझ थलारा गाउँपालिका-८ गन्डाउनीका खगेन्द्रराज जोशी चितुवाको छालासहित सदरमुकाम चैनपुर बजारबाट पक्राउ परेका हुन्।

उनको साथबाट टाउकोदेखि पुच्छरसम्मको लम्बाइ ८ फिट २ इन्च र छातीको चौडाइ ३ फिट २ इन्च भएको सेतोमा कालो, खैरो रंगको बुट्टा भएको दाँत र पञ्जासहितको चितुवाको छाला फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Navadurga sun

उनलाई प्रहरी निरीक्षक किशोर जोशी खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा हातमा बोकेको सिमेन्टको बोराभित्र लुकाएर चैनपरमा हिँडिरहेको पक्राउ गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धानको लागि उनलाई जिल्ला कार्यालयको हिरासतमा राखिएको पनि प्रहरीले जनाएको छ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...