अत्तरिया- सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो ।



उक्त बैठक कारणवश अर्को सूचना जारी नहुञ्जेल सम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । गएको सोमबार प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट सदनमा प्रस्तुत गरेको थियो । आजको बैठकमा बजेट माथि नै छलफल हुने कार्यसूची थियो ।


प्रदेश सरकारको बजेट प्रति प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीको विमति छ । संविधानमा भएको व्यवस्था भन्दा विपरीत तरिकाले बजेट ल्याएको भन्दै दुवै दलले बजेट भाषण नै बहिस्कार गरेका थिए ।





