कैलालीको गोदावरी नगरमा बजार अनुगमनमा कडाइ

८२ किलो प्रतिबन्धित प्लास्टिक झोला जफत

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले बजार अनुगमनमा थप कडाइ गरेको छ । नगरपालिकाले बुधबार निरन्तरता दिएको अनुगमन बाट अत्तरिया बजार क्षेत्रका विभिन्न पसलहरूबाट नगरद्वारा प्रतिबन्धित प्लास्टिकका झोलाहरूको जफत गरेको हो ।

प्लास्टिक झोलाहरू निषेधित गर्न निरन्तर अनुगमन गरिएको गोदावरी वडा नं २ का वडा सदस्य डबलबहादुर साउदले बताए । साउदले बुधबार गरिएको अनुगमन अत्तरिया बजारका विभिन्न पसलहरूबाट प्लास्टिक झोला जफत मात्रै गरिएको साथै आगामी दिनमा फेरि फेला परे जरिवाना तिराउने समेत बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

प्लास्टिक झोला फेला परेका पसलहरूको नाम लेखी पुन फेरि फेला परे जरिवाना तिराउने बताए । अनुगमन गरिएको पसलहरूबाट ८२ किलो प्रतिबन्धित प्लास्टिक झोला जफत गरेको छ । अनुगमनका क्रममा ८२.३९५ किलो प्लाष्टिक झोला जफत गरेको हो । अत्तरिया बसपार्क, पहाड लाइन, लोट्स गल्ली र सब्जीमण्डी लगायतका २४ पसलबाट प्लाष्टिक झोला जफत गरिएको नगरपालिकाले जनाएको छ ।

Dadeldhura hospital

नगर प्रहरी, मालाखेती ईप्रकाका प्रहरी र नगरपालिका प्रतिनिधिको सहयोगमा अत्तरिया बजारका ठेला व्यावसायी, तरकारी पसल, किराना पसल लगायत पसलबाट प्लाष्टिकजन्य सामानहरू नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

नगरपालिका भित्र प्लाष्टिकजन्य बस्तु पूर्ण प्रतिबन्धका लागि विभिन्न संचार माध्यमबाट प्रचारप्रसार, सूचना, बजारमा माईकिङ पश्चात बजार अनुगमन सुरु गरेको थियो । अत्तरिया बजार क्षेत्रबाट पाष्टिकजन्य बस्तु जफत गरेको फोहोर व्यवस्थापन इन्चार्ज प्रमल महराले बताए ।

प्लाष्टिक झोलाहरू निषेधित गर्न निरन्तर अनुगमन गरिएको र अनुगमन अत्तरिया बजारका विभिन्न पसलहरूबाट प्लास्टिक झोला जफत मात्रै गरिएको साथै आगामी दिनमा फेरि फेला परे जरिवाना समेत तिराउने महराले बताए ।

प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध सँगै पसल बाहिर प्लाष्टिक तथा कपडा टागेर सामान राखिँदा नगरको सौदर्यता समेत बिग्रिने भन्दै नगरपालिकाले त्यस्ता सामग्री हटाउन थालेको छ ।

Loading...