अत्तरिया- नेपालीहरुको महान चाड दसैँ, तिहार नजिकीएसंगै अत्तरिया बसपार्कमा चहलपहल बढेको छ । यस बर्षको दसैँ यहि असोज १७ गते देखि सुरु हुँदैछ । १७ गतेबाट घटस्थापना रहेको छ ।






सोह्र श्राद्ध सकीन्ने वित्तिकै दसैँ प्ररारम्भ हुने गरेको छ । त्यसले गर्दा कामको शिलशिलामा घर भन्दा वाहिर भएकाहरु घर जाने गर्छन् ।





विद्यालयहरु घट्नास्थपनाबाट बन्द रहने भए पनि कामको शिलशिलामा भारत गएकाहरु आउन सुरु भईसकेको छ । अन्य समयको भन्दा यात्रुहरुको चाप बढीसकेको यातायात व्यवसायीहरुले बताएका छन् ।
यातायात व्यवसायीहरुले दसैँ सुरु हुनु भन्दा केहि दिन अगाडि अग्रिम टिकट समेत खुल्ने गरेका छन् । घट्नास्थापना नजिकै अर्थात यहि असोज १० गतेबाट अग्रिम टिकट खोल्ने तयारीमा व्यवसायीहरु रहेका छन् ।




