अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश अध्यक्षमा थापा निर्वाचित

अत्तरिया- नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा वीर बहादुर थापा निर्वाचित भएका छन् । अखिल (क्रान्तिकारी) को दोस्रो प्रदेश सम्मेलनबाट थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

थापाले १ सय २१ मत प्राप्त गरि निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी वीरेन्द्र राज बिष्टले १ सय १५ मत प्राप्त गरि पराजित भए । उपाध्यक्षमा तिलक बहादुर माल १ सय ८५, कैलाशचन्द्र गिरी १ सय ५७, जीवन विसी १ सय ३८ र राजेन्द्र कोली एक सय चार मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिका सदस्य हरि श्रीपाइलीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उपाध्यक्षका उम्मेदवार विनोद चौधरी १ सय ३ र खेमराज साउद ९८ मत ल्याएर पराजित भएका छन् । त्यस्तै, मुख्यसचिवमा देवीजङ्गबहादुर सिंह १ सय २८ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी शिवराज सन्ज्याल १ सय ७ मत प्राप्त गरी पराजित भए ।

त्यस्तै, सचिवमा प्रकाश आचार्य १ सय ३१, मनोज पुनमगर १ सय २३, कमलबहादुर थापा ९१ र रोहित जोशी ९८ मत प्राप्त गरी निर्वाचित भएको श्रीपाइलीले जानकारी दिए । सचिवमा सुरेश भट्ट ८७, तारादत्त भट्ट ७५, प्रेम परियार ७५ र लालबहादुर ओखेडा ६४ मत ल्याएर पराजित भएका उनले बताए ।

महिला उपाध्यक्षमा लक्ष्मी चौधरी र कोषाध्यक्षमा सुन्दर गौतम निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष, ४ उपाध्यक्ष, मुख्यसचिव र ४ सचिव पदका लागि निर्वाचन भएको थियो । गत भदौ २९ गतेबाट कैलालीको अत्तरियामा सुरु भएको प्रदेश सम्मेलनमा असोज १ गते (मंगलबार) निर्वाचन भएको थियो ।

Loading...