बझाङमा सेती नदीमा ट्याक्टर खस्दा

बझाङ- बझाङमा सेती नदीमा ट्याक्टर खसेको छ । ट्याक्टर नदीमा खस्दा त्यसमा सवार दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार जयपृथ्वी राजमार्गअन्तर्गत दुर्गाथली गाउँपालिका-२, झननामा ट्याक्टर दुर्घटना भएको हो ।

Dadeldhura hospital

कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार ट्याक्टरमा चालकसहित ५ जना सवार थिए । तीन जनालाई सकुशल उद्धार गरेर स्वास्थ्य चौकी पुर्‍याइएको छ, उनले भने, बाँकी दुई जना सेती नदीमा बेपत्ता छन् ।

Navadurga sun
Godawari sandesh

घटनास्थलतर्फ जाँदैछौँ तर पहिरोले बाटो अवरुद्ध हुँदा समस्या भएको छ । ट्याक्टरको नम्बर र बेपत्ता दुई जनाको पहिचान हुन नसकेको डीएसपी भण्डारीले बताए । 

Loading...