अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर १ अत्तरियामा सोफा स्टोर सञ्चालनमा आएको छ। अत्तरिया चोक देखि धनगढी रोड करिब ९ सय मिटरको दूरीमा ‘सोफा स्टोर धनगढी’ नाम दिएर सञ्चालनमा आएको हो ।




मंगलबार असोज १ गते अर्थात् विश्वकर्मा पूजाका दिन उक्त ‘सोफा स्टोर धनगढीको’ गोदावरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गोपालदत्त भट्ट र अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरा संयुक्त रुपमा रिबन काटी उद्घाटन गरेका हुन् ।







सोफा स्टोरका व्यवसायी सञ्चालक दिपेन्द्र धरेलले ग्राहकको मागलाई ध्यानमा राखेर गुणस्तरीय सँगै सर्वसुलभ मूल्यमा आकर्षक सोफा लगायतका फर्निचरहरू सस्तोमा गुणस्तर उपलब्ध गराउने उद्देश्यले ‘सोफा स्टोर धनगढी’ सञ्चालनमा ल्याइएको बताए ।
सोफा स्टोरमा अफिस, विद्यालय तथा घरायसी प्रयोजनका लागि गुणस्तरीय फर्निचर भएकाले सबैलाई उपयुक्त हुने उनको भनाइ रहेको छ । स्टोरमा सोफा, दराज, अफिस फर्निचर, डिजाइनिङ वेड लगायतका फर्निचर उपलब्ध रहेको बताए ।
सञ्चालक धरेलले ‘सोफा स्टोर धनगढीमा’ नेपालीहरूको महान चाडपर्व दशैं तथा शुभ दिवापालीको अवसर पारेर विशेष धमाका अफरका साथ सुपथ मूल्यमा फर्निचरहरू उपलब्ध गराएको बताए । सो अफर अन्तर्गत हरेक सोफाको खरिदमा गलैँचा सित्तैमा साथै सोफा खरिद गर्दा ‘लक्की ड्र’ मार्फत स्कुटी, टिभी र फ्रिज जित्न सक्ने मौका व्यवस्था गरिएको बताए ।
उनले दशैं धमाका अफरमा बजार प्रचलित मूल्य भन्दा विशेष छुटमा सोफाहरु बिक्री उपलब्ध गराइएको बताए । सोफा स्टोरको मुख्य स्टोर काठमाण्डौ रहेको साथै सञ्चलामा आएको उक्त सोफा स्टोर धनगढी पाँचौं शाखाको रूपमा रहेको साथै कैलाली भरी फ्री डेलिभरीको सुविधा उपलब्ध गराएको छ ।




