निमावि तहको अध्यापन अनुमतिपत्रका लागि दरखास्त आह्वान

काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि दरखास्त आह्वान गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो ।

उम्मेदवारहरूले आयोगले तोकेको अनलाइन दरखास्त फाराम भरी आवश्यक सम्पूर्ण कागजात (नागरिकताको प्रमाणपत्र हालसालै खिचेको फोटो, दस्तखतको नमुना न्यूनतम योग्यताको लब्धाङ्क पत्र तथा तालिमको प्रमाणपत्र) सहित सिङ्गल दस्तुरका लागि असोज २९ गते रातको १२ बजे भित्र र दोबर दस्तुरका लागि मङ्सिर ६ गते रातको १२ बजे भित्र आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । सूचना तथा विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...