सुदूरपश्चिमका १६ गाउँपालिकामा नयाँ अधिकृत खटाइए

अत्तरिया- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिमका १६ ओटा पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका सुदूरपश्चिमका १६ सहित विभिन्न सय गाउँपालिकाहरुमा बुधवार सय जना शाखा अधिकृतहरुलाई पदस्थापन गरेको हो ।

स्टाफ कलेजको ६ महिना तालिम सकेका १ सय अधिकृतलाई विभिन्न गाउँपालिकामा खटाइएको हो । बैतडी सुर्नया गाउँपालिकामा ज्योती कुमारी बोहरा, पञ्चेश्वर गाउँपालिकामा महेश पार्की र शिवनाथ गाउँपालिकामा सरोज पाण्डेयलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यस्तै दार्चुलाको मार्मा गाउँपालिकामा धर्मेन्द्र जोशी, अछामको ढकारी गाउँपालिकामा दिलिप कुमार सोनी, बान्नीगढी जयगढ गाउँपालिकामा किरण चौधरी र चौरपाटी गाउँपालिकामा विभाकर मिश्रलाई खटाइएको छ । त्यस्तै बझाङको थलारा गाउँपालिकामा प्रयागराज पाध्या, दुर्गाथली गाउँपालिकामा प्रदीप पौडेल र तलकोट गाउँपालिकामा यादव भट्टराईलाई खटाइएको मन्त्रालयले जनाएको छ ।

डोटीको सायल गाउँपालिकामा बद्रीनाथ पोखरेल र कैलालीको चुरे गाउँपालिकामा तेज बहादुर बोगटीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ । 

त्यसैगरी बाजुराको हिमाली गाउँपालिकामा अनिशा आचार्य, जगन्नाथ गाउँपालिकामा सिर्जना क्षेत्री, गौमुल गाउँपालिकामा सिमरन शाह र स्वामीकार्तिक गाउँपालिकामा पुनम जिसीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको मन्त्रालयले जनाएको छ ।

Loading...