अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

जाजरकोट- जाजरकोटमा अरिङ्गालले टोकेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका–५ पाखा गाँउ बस्ने वर्ष ४२ का पृथ्वी विक्रम शाही रहेका छन् ।

Dadeldhura hospital

शुक्रबार राति घर नजिकै ग्राजको रुखमा अरिङ्गाल पोल्न गएको अवस्थामा अरिङ्गालले टोकेर शाही घाइते भएका थिए । घाइते शाहीलाई उपचारको लागि स्थानीय र प्रहरी टोलीले स्ट्रेचरमा बोकी स्वास्थ्य चौकी लिम्सा जाजरकोटमा ल्याएकोमा उपचार सम्भव नभएपछि नगर अस्पताल दल्लीमा पठाईएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

दल्ली अस्पतालमा ल्याएर चेकजाँच गर्दा डाक्टरले शनिवार साढे ६ बजेको समयमा शाहीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

Loading...