रेडक्रस धनगढीद्वारा जनचेतना मुलक तथा माक्स वितरण अभियान





प्रकाशबहादुर बोहरा
अत्तरिया, २६ साउन– ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी धनगढी १ नम्बर उपशाखाले धनगढीका विभिन्न वडाहरुमा जनचेतना मुलक तथा माक्स वितरण अभियान थालेको छ । नेपाल रेडक्रस सोसाइटी धनगढी १ नम्बर उपशाखाद्वारा साउन २३ गते देखि सुरु भएको अभियान आज मंगलबार धनगढी वडा नम्बर ८ क्याम्पस रोडमा संचालन गरिएको हो ।



नेपाल रेडक्रस सोसाइटी धनगढी १ नम्वर उपशाखाका सचिव पारस राज जोशीका अनुसार माक्स वितरण अभियान हरेक दिन धनगढीका अन्य वडाहरुमा पनि फरक फरक ठाउँमा गरी यही साउन २९ गते सम्म संचालन गरिने बताए ।


कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष नारायणप्रसाद बराल, रेडक्रस उपशाखा १ का सभापती धर्मराज जोशी, सदस्य बालगोपाल गिरी, वडा सदस्य तारा चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सडकमा हिडडुल गर्ने बटुवाहरुलाई समेत मास्क वितरण गरेको हो ।



