


धनगढी- धनगढीमा भएको एक दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालयमा निःशुल्क दन्त शिविर सम्पन्न भएको हो । शिविरमा महिला, पुरुष र बालबालिका गरी दुई सय ५३ जनाले सेवा लिएका छन् ।


हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रालि धनगढीको आयोजनामा शिविर सम्पन्न भएको हो । शिविरको आयोजक संस्था हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रालि धनगढीका प्रबन्धक निर्देशक रतन एसकेले दिएको जानकारी अनुसार शिविरमा ४२ जनाको खराव दाँत निकालिएको भने ५३ जनाको रगत परीक्षण गरिएको हो ।



शिविरमा निःशुल्क उपचार गर्नेहरुलाई हिमालयन गौरीशंकर डेन्टलमा उपचार गर्न आउनेलाई ३० प्रतिशत छुट दिने व्यवस्था गरिएको निर्देशक एसकेले जानकारी दिए । शिविरमा हिमालयन गौरीशंकर डेन्टलमा कार्यरत कन्सलटन्स डेन्टल सर्जन डा. मनिसा न्यौपाने, डेन्टल सर्जन सदीक्षा थापा, डा. हरिषचन्द्र विष्ट र ल्याभ असिस्टेन्स जुना जाग्रीले सेवा दिएका हुन् । धनगढी वडा नम्बर ७ मनेहरा र शिअ उसु क्वान धनगढीको प्रविधिक सहयोग रहेको थियो ।
लाईन्स क्लव अफ धनगढी संजिवनी, ज्योति आयल स्टोर धनगढी र डि.के.टी वाटर ईन्डष्ट्रिज धनगढी शिविरको सहयोगी संस्था हुन् । हिमालयन गौरीशंकर डेन्टलको आयोजनामा धनगढीका विभिन्न वडामा निःशुल्क शिविरको आयोजना पटक–पटक सञ्चालन हुने गरेका छन् ।
शिविरको प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्दकला राना रहेकी थिईन । यस्तै कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष मोती रानाको पनि सहभागिता रहेको थिए ।





