एनइएको चुनावमा गोदावरी नगरपालिकाका ईन्जिनियर कुँवर सहित लोकतान्त्रिक समूहको प्यानल विजयी

अत्तरिया- नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति र तेस्रो प्रादेशिक समितिको निर्वाचन सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यमा ईन्जिनियर पुर्ण कुवर सहित लोकतान्त्रिक समूहको प्यानल विजयी भएको छ ।

Dadeldhura hospital

विजयी हुनेमा तेस्रो प्रादेशिक कार्यकारिणी समितिको सभापतिमा ई. नवीन राज जोशी, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यमा ई. पूर्ण कुँवर, उप सभापतिमा ई. प्रकाश उप्रेती, सचिवमा ई. सरोज देउवा, सह-सचिवमा ई. सौरभ कलौनी र कोषाध्यक्षमा ई. कलेन्द्र खड्कासहितको लोकतान्त्रिक समूहको प्यानल नै बिजयी भएको छ।

Navadurga sun
Godawari sandesh

“इन्जिनियरिङ समुदायको समुन्नति : दशकको दृष्टिकोण” भन्ने मूल नाराका साथ निर्वाचनमा होमिएको लोकतान्त्रिक समूहमा केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्षमा ई. सुवास चन्द्र बराल, उपाध्यक्षमा ई. प्रकाश केसी, महासचिवमा ई. विनोद प्रकाश पण्डित, उप-महासचिवमा ई. अनिल मानन्धर, कोषाध्यक्षमा ई. सुमन थापा, सह-कोषाध्यक्षमा ई. कृष्ण प्रसाद पोख्रेल सहितको टिम चुनावी मैदानमा उत्रिएको थियो ।

Loading...