सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड २०८१ का लागि आवेदन खुला

अत्तरिया- तेस्रो राष्ट्रिय सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड २०८१’ को लागि आवेदन खुला गरिएको छ । सुप इन्टरटेनमेन्ट हाउस प्रा.लि. धनगढी र बाडुल्की मिडिया हाउस प्रालि कञ्चनपुरको आयोजनामा तेस्रो म्युजिक अवार्ड कार्यक्रम गर्न लागिएको हो ।

प्रथम सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड २०७९ मा ३९ जना अवार्ड विजेता भएका थिए भने ८ जनालाई सम्मान गरिएको थियो । त्यस्तै दोश्रो सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड २०८० मा ४१ जना अवार्ड विजेता भएका थिए भने १६ जनालाई सम्मान गरिएको थियो ।

Navadurga sun

पहिलो र दोस्रो म्युजिक अवार्ड कार्यक्रमपछि ‘तेस्रो सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड २०८१’ गर्न लागिएको सुप इन्टरटेनमेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीले बताएका छन् । 

तेस्रो म्युजिक अवार्डका लागि भाषाभाषी गीत, लोक गीत, देउडा गीत, राना थारू गीत, मौलिक तथा चाडपर्वका गीतहरू र आधुनिक गीतका विधाहरु रहेका छन् ।

उक्त प्रत्येक विधाहरुमा सर्वोत्कृष्ट गीत, सर्वोत्कृष्ट शब्द, सर्वोत्कृष्ट लय, सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट गायिका, सर्वोत्कृष्ट नव–गायक, सर्वोत्कृष्ट नव गायिका, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट छायाकार, सर्वोत्कृष्ट दृश्य सम्पादन, सर्वोत्कृष्ट मोडल (पुरुष), सर्वोत्कृष्ट मोडल (महिला), सर्वोत्कृष्ट नव–मोडल पुरुष र सर्वोत्कृष्ट नव मोडल (महिला) लाई समावेश गरिने जनाइएको छ ।

त्यस्तै अन्य विधामा सर्वोत्कृष्ट कला पत्रकारिता (पुरुष), सर्वोत्कृष्ट कला पत्रकारिता (महिला), सर्वोत्कृष्ट उद्‌घोषक (पुरुष), सर्वोत्कृष्ट उद्‌घोषक (महिला) रहेका छन् ।

तेस्रो सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड २०८१’ अवार्ड प्रतिस्पर्धाको आवेदनका लागि आयोजकले भदौ २५ गतेसम्म अन्तिम म्याद तोकिएकोमा १० दिनका लागि म्याद थप गरिएको बताइएको छ ।

बिधाहर यस प्रकार रहेका छन …..

ADD Khali jpg
ADD Khali jpg
Loading...