सुदूरपश्चिम प्रदेश सरकारले सोमबार बजेट ल्याउने

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ ३१ गते सोमबार बजेट ल्याउने भएको छ । आज (शनिबार) धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमल बहादुर शाहले भदौ ३१ गते चालु आर्थिक वर्षको बजेट ल्याउने बताएका हुन् ।

मुख्यमन्त्री शाहले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको बताए । संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ । यस अघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट ल्याउने उनले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रदेश सरकारले बजेट निर्माणको लागि निर्धारण गरेका ४ वटा आधारहरू भित्रै रहेर बजेट ल्याउने तयारी गरेको बताउँदै ती आधारले बजेट कार्यान्वयनको पाटोलाई समेत मजबुत बनाउने उनको दाबी छ ।

प्रदेश सरकारले २५ लाख भन्दा माथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, आवश्यकता र आौचित्यको आधारमा २५ लाख भन्दा कम बजेट विनियोजन गर्नु पर्ने भएमा कार्य योजना सहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने आधार तय गरेको छ ।

तत्कालीन दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत विनियोजन विधेयक (बजेट) पास नभए पछि नवगठित सरकार बजेट निर्माणमा जुटेको हो ।

चालु आर्थिक वर्ष सुरु भएको २ महिना पुग्नै लाग्दा समेत बजेट ल्याउन असफल प्रदेश सरकारले अब भने ३१ गते बजेट आउने मिति नै तय गरेको छ । सुदूरपश्चिमको बजेट समयमा नआउँदा प्रदेश सरकार मातहतका कर्मचारीहरुले तलब समेत पाउन सकेका छैनन् । 

Loading...