


अत्तरिया- कैलालीको खुटिया पुल रोकथामका लागि लगाएको तटबन्ध बाढीले बगाएको छ । बुधबार राती देखीको निरन्तर वर्षाले खुटिया नदीमा आएको बाढीले पुल रोकथामका लागि लगाएको तटबन्ध बगाएको हो ।


खुटियाले धार परिवर्तन गरी वडा नम्बर ९ तिर कटान गर्न थालेपछी गतवर्ष मात्रै लगाइएको तटबन्ध बगाएको हो । यो संगै खुटिया पुल जोखिममा परेको छ ।

