एक लाख बढीको अवैध सामान बरामद

कञ्चनपुर- कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद गरिएको छ । भीमदत्त नगरपालिका–४, भीमदत्त–१० गड्डाचौकी, र पुनर्वास नगरपालिका–४ कार्किलडाँडाबाट भन्सार छलिको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

भारतबाट भन्सार छली गरेर ल्याएका अन्दाजी १ लाख ६४ हजार बराबरको सामान बरामद गरिएको छ । बरामद गरेको सुर्ती, थान कपडा, सुटपिस, कुर्ता सुरवाल, हार्डवेयर लगायतका सामान प्रहरीले कारबाहीको लागि भन्सार कार्यालय पठाएको छ । 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...