गोल्याण गुप्रको ‘माटो’ ब्राण्ड र नेपाल बास्केटबल संघ बिच सम्झौता

काठमाडौँनेपालको व्यवसायिक घराना गोल्याण गुप्र अन्तर्गतको ‘माटो’ ब्राण्ड र नेपाल बास्केटबल संघले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा नेपाल बास्केट बलका अध्यक्ष भीमसिंह गुरुङ र ‘माटो’ ब्राण्डका प्रबन्धक कुमार सानुले मंगलबार उक्त पत्रमा हस्ताक्षर गरेका हुन् ।

हाम्रो स्वास्थ्य र एथलेटिक उत्कृष्‍टता दुवैलाई च्याम्पियन बनाउँदै अगाडि बढाउने प्लेटफर्म सिर्जना गर्ने प्रतिबद्धता गर्दै महत्वपूर्ण यात्रामा गौरवको कोसेढुङ्गा मान्दै काठमाडौँ स्थित गोल्याण गुप्रको मुख्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

Navadurga sun
Godawari sandesh

नेपालमा महिला खेलकुदको विकासमा सहयोग गर्दै, ‘माटो’ लाई लैङ्गिक समानता र सशक्तिकरणको च्याम्पियन ब्रान्डको रूपमा स्थापित गर्ने उद्देश्य तथा स्थानीय र अन्तर्राष्ट्रिय रूपमा ब्रान्डलाई विस्तार गर्दै खेलकुदमा महिलाहरूलाई समर्थन गर्ने माटोको प्रतिबद्धता रहेको छ ।

Dadeldhura hospital

सम्झौता पत्रमा हस्ताक्षर गर्दै नेपाल बास्केटबल संघका अध्यक्ष गुरुङले भने ‘सम्झौताले संस्थाका लागि नयाँ नयाँ बाटो खुल्दै साझा दृष्टिकोणमा खेलाडीहरूलाई अगाडि बढ्ने उर्जा प्रदान गर्न सहयोग मिल्नेछ ।’ संघका अध्यक्ष गुरुङले बास्केट बल टोलीलाई सहयोग गरेकोमा ‘माटो’ लाई धन्यवाद दिए । ‘माटो’ ब्राण्डमा रहेका स्वास्थ्यकर प्रोडक्डहरु नेपाल बास्केटबल संघका खेलाडीहरुलाई प्रदान गरिने र जसले खेलाडीहरूलाई थप हौसला प्राप्त हुने विश्वास गरिएको छ ।

यही सेप्टेम्बर १४ देखि १८ सम्म सिक्किममा हुन गइरहेको ‘सिक्किम स्टेट ओपन्ज बास्केटबल टुर्नामेन्ट २०२४’ मा सहभागी हुने खेलाडीहरूलाई ‘माटो’ ले उपहार स्वरुप विभिन्न पोडक्डहरु पनि प्रदान गरेको छ । स्वास्थ्य मानव शरीरका लागि आवश्यक पर्ने स्वच्छ, स्वास्थ्य तथा पौष्टिक खानेकुरा तथा स्वास्थ्य जीवनशैलीमा महत्वपूर्ण योगदान गर्दै आइरहेको ब्राण्ड ‘माटो’ ले खेलाडीहरूलाई अझै तन्दुरुस्त हुन महत्वपूर्ण योगदान पुर्याउने बताइएको छ । खेलाडीलाई पोषणयुक्त खानेकुरा उपलब्ध गराई अझै उत्साह थप्न ‘माटो’ सधैव साथमा रहिरहने प्रबन्धक कुमार सानुले प्रतिबद्धता गरेका छन् ।

सम्झौता अहिले एक वर्षका लागि रहने र आउने वर्षहरूमा पनि यसले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको ‘माटो’ ‘माटो’ का प्रबन्धक कुमार सानुले बताए । शक्ति, समर्पण, र टिमवर्कको भावना विश्वास गर्दै खेलाडीहरूको स्वास्थ्य जीवनयापन तथा वर्तमान भविष्यका लागि अर्थपूर्ण रूपमा योगदान गर्ने साझा दृष्टिकोणलाई यस सम्झौताले जोड दिइएको बताइएको छ ।

अर्गानिक उत्पादन तथा किसानका हक हितका निम्ती काम गर्ने उदेश्यका साथ स्थापना भएको ब्राण्ड  ‘माटो’ ले अर्गानिक कृषि उत्पादन बढाउने झापा लगायत विभिन्न ठाउँहरूमा गोल्यान एग्रो मार्फत आफैँ खेती गरिरहेको छ । बिषादी रहित कृषि उपजको उत्पादन गरेर मानव स्वास्थ्यका निम्ती उकृष्ट कार्य गर्दै आइरहेको छ । वर्तमान समयमा बजारमा बाहिरबाट आउने खाद्य वस्तुमा विभिन्न प्रकारका बिषादीहरु रहने हुदाँ मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले त्यस्ता खाद्य वस्तुको विकृति हटाउन माटाले बिषादी रहित शुद्ध अर्गानिक वस्तुहरु उत्पादन गर्दछ ।

नेपालका अधिकाशं मानिस कृषि पेसामा आश्रित हुदाँ पनि अर्बौको खाद्यान्न बाहिर देशबाट आयातित हुदाँ नेपालको अर्थतन्त्रमा चुनौति थपिदै गईरहेको छ ।  यसै कुरालाई मध्य नजर गर्दै गोल्याण समुहको गोल्याण एग्रो अन्र्तर्गतको ‘माटो’  ब्राण्डले नेपाली उत्पादनलाई नै बढावा दिनुपर्छ र अर्गानिक उत्पादनलाई नै उपभोग गर्नुपर्छ जसले गर्दा मानव स्वास्थ्य लगायत समग्र मुलुकको अर्थतन्त्रमा टेवा पुग्दछ भन्ने  विचारलाई अघि सार्दै आइरहेको छ ।

Loading...