जनतालाई जागरुक नबनाए सम्म देशमा परिवर्तन हुँदैन : उपेन्द्र यादव

धनगढी- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई जागरुक नबनाएसम्म देशमा अपेक्षित परिवर्तन हुन नसक्ने बताएका छन् ।

सो पार्टीको धनगढीमा आयोजित सङ्गठन सुदृढीकरण, पार्टी विस्तार तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले देशका विकृति विसङ्गति विरुद्धमा जनतालाई जागरुक बनाउँदै परिवर्तनको पक्षमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले भने, “जनता सङ्गठित, सचेत र जागरुक भइसकेपछि मात्र विसङ्गति विकृतिविरुद्ध सङ्घर्ष गरेर परिवर्तन सम्भव हुनसक्छ ।” पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले भ्रष्टाचार, कमिशनतन्त्र जस्ता बेथिति बढ्दा दलित, थारू, मधेशी, आदिवासी जनजातिका समस्या समाधान हुन नसकेको उल्लेख गरे ।

कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य घनश्याम कुश्मी केन्द्रीय अनुशासन विभागका सदस्य आरसी यादव, सुदूरपश्चिम प्रदेशका अध्यक्ष भगतराम थारू, उपाध्यक्षद्वय निर्मला रिजाल र गोविन्दराज रानाथारु, कैलाली जिल्ला अध्यक्ष गयाँ प्रसाद कुश्मी लगायतले पार्टी सङ्गठन सुदृढीकरणका विषयमा बोलेका थिए ।

सो पार्टीले सङ्गठन सुदृढीकरणका लागि ‘जनतासँग जसपा नेपाल, गाउँगाउँमा जसपा नेपाल, घरघरमा जसपा नेपाल’ नाम दिएर अभियान सञ्चालन गरिरहेको छ ।

Loading...