


अत्तरिया- अत्तरियाको एक होटेलबाट अनैतिक कृयाकलापमा संलग्न युवायुवती पक्राउ परेका छन् । प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका २ अत्तरियास्थित दार्चुला सोहन होटेलबाट अनैतिक कृयाकलापमा संलग्न युवायुवती पक्राउ परेका हुन् ।


सो होटेलमा अनैतिक कृयाकलाप भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले होटेल सञ्चालक सहित एक महिला र दुई जना पुरुषलाई पक्राउ गरेको जनाएको छ । उनीहरु माथि थप अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।



