अत्तरियामा नवसाक्षर पठन अभ्यास प्रतियोगिता सम्पन्न

अत्तरिया- कैलालीको अत्तरियामा ५८ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा नव साक्षर पठन अभ्यास प्रतियोगिताको सम्पन्न गरेको छ । मंगलबार बहुभासिक शिक्षाको प्रवद्र्धन पारस्परिक समझदारी र शान्तिको लागी साक्षरता भन्ने मुल मर्मका साथ नव साक्षर पठन अभ्यास प्रतियोगिताको सम्पन्न गरेको हो ।

कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले सिकाईको माध्यमबाट नै सकारात्मक परिवर्तन हुने बताउदै अनौपचारिक शिक्षा संगै अगाडि बढिरहेका नगरबासीहरुलाई थप सशक्त रुपमा प्रस्तुत हुन र सिकाईको मार्गलाई सुदृढ गर्न सधै लागि पर्ने बताए ।

Navadurga sun

अत्तरिया सामुदायिक सिकाई केन्द्रका अध्यक्ष टिकादत्त जोशीले विगतमा महिला साक्षरतालाई प्रभावकारी बनाउनको निम्ती विभिन्न स्थानमा संचानल गरिएको परौढ शिक्षा लगाएतका पद्धतिबाट आर्जन गरेको शिक्षालई ह्रास आउन नदिने उदेश्य सहित प्रत्यक वर्ष नव साक्षर पठन अभ्यास प्रतियोगिताको आयोजनाल गर्दै आएको बताए ।

गोदावरी नगरपालिका भित्र रहेका अत्तरिया सामुदायिक केन्द्र, ग्वासी सामुदायिक सिकाई केन्द्र, ओलानी सामुदायिक सिकाई केन्द्र, जनचेतना सामुदायिक सिकाई केन्द्र, र बेलादेवीपुर सामुदायिक केन्द्रको संयुक्त रुपमा आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम पुरस्कार २ हजार, दृतीय पुरस्कार १५ सय, तृतिय पुरस्कार १ हजार र सान्तोना पुरस्कार ५ सय राखिएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...