कोदालो प्रहार गरी दाजुको हत्या

डोटी । डोटीमा सहोदर भाइले कोदालो प्रहार गरी दाजुको हत्या गरेका छन् । जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाजु गणेश बहादुर जोराको हत्या गरेको डीएसपी भिमलाल भट्टराइले जानकारी दिए।

Dadeldhura hospital

डीएसपी भट्टराइका अनुसार सोमबार नै प्रहरीले नरबहादुरलाई नियन्त्रणमा लिइसकेको छ । सोमबार दिउँसो ३ बजेको समयमा नरबहादुरले दाजु गणेशबहादुरको टाउकोमा कोदालो प्रहार गरेका थिए ।

Navadurga sun
Godawari sandesh

घरायसी विवादपछि झगडा हुँदा भाइले कोदालो प्रहार गरेको र दाजुको घटनास्थलमै मृत्यु भएको पाइएको डीएसपी भट्टराईले बताए । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

 

 

Loading...