
कञ्चनपुर- साउण्ड बक्स मर्मत गर्ने क्रममा कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।जिल्लाको बेदकोट नगरपालिका–५ धरमपुर बस्ने १८ वर्षीय हविल डगौराको मृत्यु भएको हो ।


डगौराको साउण्ड बक्स मर्मत गर्ने क्रममा करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





