मुलुक जोगाउन दुई ठूला दल मिल्यौ: नेपाली कांग्रेसका प्रवक्ता महत

डडेल्धुरा- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले मुलुक जोगाउन दुई ठूला दल मिलेको बताएका छन । सोमबार डडेल्धुराको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अस्थिरताबाट मुलुक जोगाउन दुई ठूला दल कांग्रेस –एमाले बीच सहकार्य भएको बताएका हुन ।

Ganyapdhura gau
Dadeldhura hospital

‘थोरै समयमा पटक–पटक सत्ता परिवर्तन भयो । प्रचण्डजीमा एमाले र कांग्रेसको सहयोगले प्रधानमन्त्री हुने आफू नै हो भन्ने मानसिकता विकसित भयो र त्यसले अस्थिरताको परिवेश निर्माण भयो,’ पूर्वअर्थमन्त्रीसमेत रहेका महतले भने, ‘अस्थिरताबाट देशलाई जोगाउन एमाले र कांग्रेस एक ठाउँमा उभिएका हुन् । तर कतिपयले दुई ठूला प्रतिस्पर्धीले मिलेर सरकार बनाएको उपयुक्त भएन भन्ने पनि छन् । मलाई यो परिस्थितिले निम्त्याएको परिणाम हो ।’

Navadurga sun
Godawari sandesh

उनले कांग्रेस–एमालेको गठबन्धन सरकारले मुलुकलाई स्थिरता तर्फ लैजाने दाबी गरे । जनतालाई निराशा पर्ने छुट अहिलेको सत्ता गठबन्धनलाई नभएको उनको भनाइ छ ।

Couple
Loading...