आज थारू समुदायले अटवारी पर्व मनाउँदै

अत्तरिया- थारू समुदायहरूले आज अटवारी पर्व मनाउँदै छन् । भदौ महिनाको कृष्ण अष्‍टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारू समुदायले अटवारी पर्व बनाउने गरेका छन् ।

दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले दिदीबहिनीको सौभाग्यको कामना गर्दै मनाउने गरेको थारू संस्कृतिका जानकारहरू बताउँछन् । अटवारीमा दाजुभाइले दिदीबहिनीको दीर्घायु एवं अटल सौभाग्यको कामना गर्दै व्रत बस्ने गरेको थारू नागरिक समाज कैलालीका संयोजक दील बहादुर चौधरीले बताए । यस पर्वमा बर्तालुले साँझपख भीमको पूजा गर्ने गरेको उनी बताउँछन् ।

Navadurga sun

उनले भने ‘ब्रतालुहरुले साँझ सूर्यास्त हुनु पहिले नै गुइँठाको आगोमा सल्लाको धूप बालेर भीमको पूजा गर्ने चलन छ । गहुँको पीठोबाट बनाइएको खुर्मा,अनदी चामलको बरिया,रोटीलगायत देउतालाई चढाएपछि एकभाग दिदीबहिनीका लागि छुट्याएर बचेको बर्तालुले खाने गर्छन् ।

दिदीबहिनीका लागि छुट्याइएको खानेकुरा जसलाई अग्रासन भन्ने गरिएको उनले बताए । उक्त अग्रासन भोलिपल्ट सोमबार बर्तालुले कोसेलीको रुपमा विवाहित दिदीवहिनीको घरमा लगेर दिने प्रचलन रहेको उनको भनाइ छ । उनले भने ‘अटवारीको अघिल्लो दिन अर्थात शनिबारको राति ‘दर’ खाने गरिन्छ । जसलाई भिन्सर्या भनिन्छ ।’ ‘दर रातिको समयमा भाले नबास्दै खाने गरिन्छ उनले भने ‘अग्रासनपछि यो पर्व समापन हुन्छ ।’

महाभारतमा पाँच पाण्डवका भाइ भीमले थारू चेलीबेटीलाई गलत नजरले हेर्ने राक्षसलाई मारेर थारू चेलीको रक्षा गरेको हुनाले भीमको पूजा गर्ने गरिएको उनले बताए । बाँके,बर्दिया,दाङ,कैलाली,कञ्चनपुर लगायत जिल्लामा अटवारी विशेष महत्वकासाथ मनाइने गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...