कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएकी महिला मृत फेला

अत्तरिया, २५ साउन- कर्णाली नदीमा डुङ्गा दुर्घटना हुदा बेपत्ता भएकी एक महिला मृत फेला परेकी छन्। साउन १७ गते कैलालीको मोहन्याल गाउँपालिका वडा नं. ३ स्थित कर्णाली नदीमा डुङ्गा दुर्घटना हुदा बेपत्ता भएकी सोही ठाउँकी २० वर्षीया उर्मिला सलामीमगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

कर्णाली नदीको बीचमा उनको शव फेला कैलाली प्रहरीले जनाएको छ। उनका श्रीमान करन सलामीमगरले शव सनाखत गरेका हुन्। उनको शव परीक्षणपछि आफन्तले बुझेका छन्। मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने जाने क्रममा कर्णाली नदीमा डुङ्गा दुर्घटना भएको थियो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...