कैलालीको अत्तरियाबाट खस आन्दोलन तयारी सुरु

अत्तरिया- खस मुक्ति मोर्चाले कैलालीको अत्तरियाबाट आन्दोलन तयारी सुरु गर्ने भएको छ । अत्तरियामा मुक्ति मोर्चाले घोषणा सभा गर्दै छ । आन्दोलनको अगुवाई गरिरहेका बझाङका निर्मल सिह धामीले जन प्रदर्शन सहित मोर्चाको घोषणा गरिने तयारीमा रहेका छन्  ।

उनले खसलाई आर्य समुदायबाट अलग गरिनु पर्ने आफुहरुको माग रहेको बताए । १७ प्रतिशत खस समुदायको अलग्गै पहिचान रहेकाले आफुहरुको राज्य सयंन्त्रमा उपस्थिति कमजोर हुन नदिन आन्दोलन गर्नु परेको धामीको जिकिर रहेको छ । उनले भने,’ खस आर्य भन्दा अलग नै हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अन्य सबै समुदायले पाएको जति अधिकार पनि हामीले पाएका छैनौँ । अब अहिले खस आर्य एउटै हो भनेर खस समुदायको राज्य सयंन्त्रमा उपस्थिति नै छैन । 

त्यसैले यही कुरालाई स्थापित गर्न हामीले आन्दोलन गर्न परेको उहाँले बताए ।’ खस समुदायले मष्टो धर्म मान्दै आएको छ । १६ सय वर्ष सम्म बाहुनहरूले यो देशमा राज्य सञ्चालन गर्दा कुनै किसिमको काम नभएको उनको भनाइ रहेको थियो । खस र आर्य एउटै जाति नभएको फरक भएकाले खसको अधिकारका निमित्त खस सेना सहित आन्दोलनको मोर्चाबाट अधिकार लिने उनले बताए । 

खस आर्य एउटै ठाउँमा हुँदा खस समुदाय लोभ हुँदै गइरहेको चिन्तनसहित उहाँको भनाइ थियो । यसका लागि सबै समुदायका व्यक्तित्वहरू लाग्नुपर्ने उहाँको अपिल समेत रहेको थियो । धामी कै नेतृत्वमा मोर्चाको कार्यालय पनि अत्तरियामा रहेको  छ ।

Loading...