

कञ्चनपुर- “मर्यादित ब्यबसाय, मर्यादित व्यावसायिक एकता आजको आवश्यकता” भन्ने मूल नाराका साथ कञ्चनपुरको महेन्द्रनगरमा भाद्र १५ गते सम्पन्न भएको नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको पदाधिकारीको सपथ ग्रहण सम्पन्न भएको छ ।



बिजयी अध्यक्षका उम्मेदवार गजेन्द्र देव लेखकलाई अधिवक्ता एवम मुख्य निर्वाचन अधिकृत शिवराज पाण्डेयले बिजयी प्रमाणपत्र दिँदै सपथ ग्रहण गराएका छन । त्यसपछि अध्यक्ष लेखकले अन्य बिजयी उम्मेदवारहरूलाई सपथ ग्रहण गराएका छन ।


तीन वर्षे कार्यकालको लागि भएको संघको निर्वाचनमा अध्यक्षमा गजेन्द्र देव लेखक, वरिष्ठ उपाध्यक्षमा जनकराज जोशी, थोक उपाध्यक्षमा टेक नारायण पौडेल, खुद्रा उपाध्यक्षमा कैलाश चन्द्र भट्ट, महासचिवमा केशव ओझा, कोषाध्यक्षमा खेमराज भट्ट, सचीवमा मधुकर चौधरी र उपकोषाध्यक्षमा बंशिधर कलौनी चयन भएका थिए ।
त्यस्तै, सदस्यहरूमा फोनिराम चौधरी, साहिबा राना, घनश्याम कलौनी, अर्जुन सिंह कठायत, शैलेश कुमार श्रेष्ठ, जीतराज भट्ट, पुष्पराज उपाध्याय, शंकर प्रसाद शर्मा र राम बहादुर चौधरी निर्विरोध निर्वाचित भएका थिए ।

