कैलालीको गौरीगंगामा गौरा तथा तीज विशेष विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

अत्तरिया- हाम्रो संस्कृति हाम्रो पहिचान नेपालको आयोजनामा आज गौरीगंगा नगरपालिकाको वडा न.६ बिजयनगरमा गौरा तथा तीज विशेष विविध सांस्कृतिक कार्यक्रम २०८१ भव्य रूपले सम्पन्न भएको छ ।

संस्थाका कार्यवाहक अध्यक्ष पुरन सिंह कडायतको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री माननीय दिर्घ सोडारी रहनु भएको थियो भने विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्यमन्त्री माननीय प्रकाश बम रहनु भएको थियो सो कार्यक्रममा गौरीगंगा नगरपालिका नगर प्रमुख देवीदत्त कडेँल , गौरीगंगा नगरपालिका वडा न.६ का अध्यक्ष टेकबहादुर कुवँर, संस्थाका संस्थापक अध्यक्ष सुरत रावत (डोटेली कान्छा) लगायतको विशेष उपस्थितिमा भव्य रूपले कार्यक्रम सम्पन्न भएको छ ।

Navadurga sun

कार्यक्रममा जुपिटर एकेडेमी ,अमर माध्यामिक विद्यालय , बिणा विद्या मन्दिर माध्यामिक विद्यालयले नृत्य प्रदर्शन गर्नुका साथै कलाकारहरू गणेश बिष्ट उमाकान्त जोशी, जय बहादुर बुढा, दुर्गा रोकाया, हरिना साउँद, हरिकला भण्डारी लगायत स्थानीय कलाकारहरूले आ-आफ्नो प्रस्तुति गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन मेखराज जोशीले गर्नु भएको थियो भने स्वागत मन्तव्य दलबहादुर बोगटीले गर्नु भएको थियो ।

ADD Khali jpg
Loading...