नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको धनगढीमा शाखा कार्यालय स्थापना

धनगढी, २५ साउन- नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आफ्नो शाखा कैलालीको धनगढीमा पनि स्थापना गरेको छ। आफ्ना सदस्य संघ संस्थाहरुलाई प्रवाह गर्ने सेवाको पहुँच विस्तार गर्न धनगढीमा ३३औं सेवा कार्यालयको उद्घाटन गरिएको हो।

सोमबार एक समारोहकाबीच संघका अध्यक्ष परितोष पौडलले कार्यालयको शुभारम्भ गरेका छन्। बचत तथा ऋण सहकारी सञ्जालको सवलीकरण मार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य अनुरुप संघले सदस्य संस्थाहरुलाई सहज हुने गरी कार्यालय स्थापना गरेको बताइएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...