धनगढी । कैलालीमा झन्डै ६ लाखको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा र राजघाट, धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटान, भजनी नगरपालिका–१ ठेगरपुर, भजनी–३ ढुसी र ठेकीपुल, भजनी नगरपालिका–५ लालबोज र टीकापुर नगरपालिका–९ बालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५ लाख ८९ हजार ३६० मूल्य बराबरको सामान बरामद गरिएको छ।
उक्त मुल्य बराबरको प्याज, चिनी, दाल, मिठाई, आलु, सुर्ती, बिडी, जुत्ता, चप्पल, ग्याँस पाईप, बिजुलीको सामान, पानि तान्ने मोटर, मोटरसाइकलका पार्टपुर्जा लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।