ओलम्पिक पदक विजेता पलेसालाई नगर परिक्रमासहित भव्य स्वागत

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पारा ओलम्पिक खेलकुद प्रतियोगितामा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्द्धनलाई बुधबार नगर परिक्रमासहित भव्य स्वागत गरेको छ ।

Dadeldhura hospital

पेरिस पारा ओलम्पिकमा तेक्वान्दोअन्तर्गत के–४४ क्याटेगोरीको महिला ५७ केजी तौल समूहमा कांस्य जितेकी पलेसा बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी हुन्। काठमाडौं आएसँगै कीर्तिमानी खेलाडीलाई नगर परिक्रमा गराएर स्वागत गरिएको छ ।

Navadurga sun
Godawari sandesh

यस कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेप सदस्य सचिव टंकलाल घिसिङ लगाएत राखेपका अधिकारी सहभागी थिए । पारा ओलम्पिक टोलीलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वरचोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा पुर्‍याइएको छ ।

Loading...