गोदावरीनगरमा पूर्णरुपमा प्लाष्टिकजन्य बस्तु प्रतिवन्ध हुँदै, बजार अनुगमन निरन्तरता

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले पूर्णरुपमा प्लाष्टिकजन्य बस्तु प्रतिवन्ध हुँदै छ । नगरपालिकाले बजार अनुगमन अगाडि बढाएको छ ।

सोमबार देखि बजार अनुगमन निरन्तर अगाडि बढाएको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र सँगै प्रदेश राजधानीको शहरले चिनिएको अत्तरिया बजारमा नगरपालिकाद्वारा प्लाष्टिक जन्य पदार्थ प्रतिबन्ध सँगै व्यावसायी दर्ता विवरण जानकारी लिन अनुगमन गरेको हो ।

नगरपालिकालाई प्लाष्टिकमुक्त नगरपालिका बनाउनका लागि कार्यविधि सहित अघि बढेको नगरपालिकाले जनाएको छ । प्लाष्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धी विधेयक २०८० बनाएको र सो विद्येयक अनुसार नै प्लाष्टिक जन्य वस्तुहरूको विक्रि वितरण रोक्ने भन्दै अनुगमन थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिए । सूचना जारी गरिएको भएपनि थप दुई दिन अनुगमन गरेर व्यापारीहरूलाई पुनः सचेत गराइएको उनले बताए ।

नगरपालिकाले ४० माईक्रोन भन्दा कमका प्लाष्टिक झोलाहरू, प्लाष्टिकबाट बनेका डिस्पोजल बस्तुहरू, होटलहरूमा प्याकेजिङका लागि प्रयोग गरिने प्लाष्टिकका सामानहरू लगायतका वस्तुहरूको प्रयोगमा निषेध लगाएको छ । उक्त वस्तुहरूको प्रयोग भएको पाइएमा कारबाही र जरिवाना दुवै गरिने नगरपालिकाले जनाएको छ ।

नगर उपप्रमुख शारदादेवी रोकायाको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न शाखाका कर्मचारी, नगर प्रहरी तथा मालाखेती ईप्रका का प्रहरी लगायतको टोलीले गोदावरी नगरपालिका वडा नं. २ पहाड लाइन र वडा न. १ को धनगढी लाईनमा रहेको पसलहरूको अनुगमनमा प्लाष्टिक जन्य पदार्थ आज (मंगलबार) देखि नै कडाइका साथ लाग्ने छ । सोमबार सबैलाई जनचेतनासँगै प्रतिबन्धित प्लाष्टिक प्रयोगमा नल्याई दिन अनुरोध समेत गरेको छ ।

बजार अनुगमनकै क्रममा गोदावरी नगरपालिकाका उपप्रमुख शारदा देवी रोकायाले बजारमा प्लास्टिक युक्त वस्तु निषेधित गर्ने, फर्म दर्ता, नवीकरण भए नभएको अनुगमन गरिएको बताइन् । शुक्रबार गरिएको अनुगमन हाल सुझाब मात्र दिएको र अब उपरान्त प्लास्टिक जन्य वस्तुको प्रयोग गरिएको पाइएमा जरिवाना सहित कारबाही गर्ने उनले बताइन्

त्यसैगरी बजार अनुगमनकै क्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीदत्त भट्टले प्लास्टिक जन्य पदार्थ निषेधित र विकल्प सहित सबैले प्रयोगमा ल्याउन सुझाव सहित व्यवसाय दर्ता प्रक्रिया अगाडि बढाउन सबैलाई ध्यानाकर्षण गरेको बताए । ‘मापदण्ड भन्दा फरक खालका प्लाष्टिक प्रयाग गर्न अनुरोध गरेका छौँ । अव नगरमा हरेक दिन नगर प्रहरीले अनुगमन गर्छ । कतै प्रयोग गरेको पाइएमा त्यसै अनुसार जरिवाना हुनेछ ।

यस अघि पनि नगरपालिकाले ३० दिने सूचना जारी गरेर प्लाष्टिकजन्य बस्तु प्रतिवन्ध लगाउन खोजेको थियो तर उक्त उक्त निर्णय पूर्ण रुपमा कार्यान्वयन आएको छैन । नगरपालिकाले सोही अनुसार ठाउँ–ठाउँमा नगरबासीलाई सचेतना गराउन होर्डिङ बोर्ड पनि राखेको छ । 

Loading...