अत्तरिया- अत्तरियामा बिर कौसल्या कन्सल्टेन्सिको शाखा कार्यालय उद्घाटन गरिएको छ । धनगढी शहिद गेट अगाडी मूख्य कार्यालय रहेको बिर कौसल्याको तेस्रो शाखा अत्तरिया स्थित महेन्द्रनगर रोड प्रभु बैंक नजिक स्थापना गरिएको हो । केही दिन अघि काठमाडौंको पुतली सडकमा बिर कौसल्याको दोस्रो शाखा उद्घाटन गरिएको थियो ।
करिब ११ बर्षको जापान बसाई विज्ञान सिंहले सुदूरपश्चिमका विद्यार्थीहरुलाई जापानीज भाषा पढ्न काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गरि सुदूरपश्चिमै भाषा कक्षा पढाउने उद्देश्यले बिर कौसल्या कन्सल्टेन्सी संचालनमा ल्याएका हुन् ।
बिर कौसल्यामा लामो समय जापान बसेर आएका प्रशिक्षकहरुबाट जापानीज भाषा पढाइनुका साथै जेएलसिटि परिक्षा संचालन, डकुमेन्टेसन र भिसा प्रक्रियाका सम्पुर्ण कामहरु गरिदैं आएको बताइएको छ । साथै बिर कौसल्याले दक्ष तथा अनुभवी प्रशिक्षकबाट कोरियन भाषा कक्षा समेत अध्यापन गराइरहेको छ ।
सुदूरपश्चिमका विद्यार्थीहरुले भाषा कक्षा पढ्न काठमाडौं धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै बिर कौसल्याले धनगढीबाटै भाषा कक्षा,जेएलसिटि परिक्षा संचालन,डकुमेन्टेसन तथा भिसा प्रक्रियाका सम्पुर्ण कामहरु गर्दै आएको संचालक विज्ञान सिंहले बताए । उनले बिर कौसल्यामा पढेका विद्यार्थीले जापानबाट सिओई प्राप्त गरेपछि भिजा ल्याउन मात्र काठमाडौं जानुपर्ने बताउँदै अन्य सम्पुर्ण कामहरु धनगढीबाटै गरिने दावि गरे ।
संचालक सिंहले बिर कौसल्याले जापानीज भाषा कक्षा पढाएर विद्यार्थीलाई जापान पठाउनुका साथै नेपाल मै भाषा प्रशिक्षकको रुपमा काम गर्न सक्ने गरि क्षमता विकास गरिने दावी गरे । उनले विर कौसल्यामा पढेका विद्यार्थीलाई भाषा प्रशिक्षकको रुपमा नेपाल मै काम गराउने योजना सहित अगाडी बढेको बताए ।
विद्यार्थीहरुको चाप,समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै विर कौसल्याले आगामी दशैंतिहार अगावै अत्तरिया संगै धनगढीको क्याम्पस रोड,महेन्द्रनगर,डडेल्धुरा,काठमाडौं,बुटवल,सुर्खेत गरि देशका ७ ठाउँबाट सेवा दिइने जनाएको छ ।