धनगढी देखी साँफे र बझाङ भोली देखी नियमित उडान

धनगढी- समिट एयरले भोली देखी बझाङ र अछामको साँफेमा नियमित उडान गर्ने भएको छ । धनगढी विमानस्थलबाट बझाङ र साँफे उडान नियमित गर्ने समिट एयरले जनाएको छ ।

समिटले प्रत्येक हप्ताको सोमबार र बिहीबार नेपालगन्ज देखी धनगढी र धनगढी देखी बझाङ र साँफे उडान भर्ने समय तालिका राखिएको छ । नेपालगञ्जबाट हुम्ला–सिमिकोट उडान गरेर बिहान करिब ९ बजेट धनगढी आउने र धनगढी–बझाङ–धनगढीधनगढी–साँफे र नेपालगन्ज उडान भर्ने तालिका बनाइएको छ । यो सोमबार उडाउन भर्ने कार्यतालिका हो ।

अर्को उडान बिहीबार सिमिकोटबाट धनगढी–बझाङ र त्यहाँबाट नेपालगन्ज हुने तालिका रहेको छ । समिट एयरले सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा नियमित उडान गर्ने योजना बनाएपनि मौसम लगायतका बिभिन्न कारण उडान कार्य अवरुद्ध बन्न पुगेको थियो ।

२०३५ साल देखी पूर्ण रुपमा बन्द रहेका बझाङ लगायतका विमानस्थल पछिल्लो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धावनमार्ग कालोपत्र गरेपछि नियमित उडान सुरु भएको थियो । यसअघि धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न परीक्षण उडान गरिएको थियो । समिट एयरले धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गरेको थियो ।

Loading...