धनगढीबाट मोटरसाइकल चोरी

धनगढी- कैलालीको धनगढीबाट मोटरसाइकल चोरी भएको छ । धनगढी उपमहानगरपालिका–४ चटकपुर बाट मोटरसाइकल चोरी भएको हो ।

udhok dadeldhura

सुदूरपश्चिम प्रदेश ०१–०१० प ५६२० नम्बरको बजाज कम्पनीको २२० सिसिको मोटरसाइकल बिहीवार साँझ चोरी भएको छ । पार्किङ्मा राखिएको मोटरसाइकको लक तोडेर चोरी भएको हो ।

प्रहरीले बिहिवार साँझबाट चोरी भएको मोटरसाइकको खोजी थालेको बताएको छ । मोटरसाइकल चोरी गरेको आसङ्कामा २ जनालाई बिहिवार राति प्रहरीले सोधपुछ गरेको छ ।

Loading...