अत्तरिया- कैलालीको गोदावरीका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
लागूऔषध मुद्दामा २० दिन कैद सजाय र २ हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–१ बस्ने २८ वर्षीय बिनोद पन्त, लागूऔषध मुद्दामै १ महिना २० दिन कैद सजाय तोकिएको गोदावरी नगरपालिका–३ बस्ने २३ वर्षीय समिर बिक र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–७ का २५ वर्षीय दलबहादुर रावल रहेका छन् ।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई बिहीवार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।