त्रिविले भदौ ५ सम्मका परीक्षा नरोक्ने





काठमाडौं, २४ साउन- हाल सञ्चालनमा भइ रहेका स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरू नरोकिने भएको छ । त्रिभुवन विश्वविद्यालयले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निणर्य गरेको हो ।


त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भदौ ५ सम्मका परीक्षा नरोक्ने निणर्य भएको बताए । कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका बेला परीक्षाहरू निरन्तर सञ्चालन गर्ने कि के गर्ने भन्नेबारे आज त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद बैठक समेत बसेको थियो ।



