धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढी- कैलालीको धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आज (बुधबार) धनगढी उपमहानगरपालिका–२ की ६२ वर्षीया भागा भट्टको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा पानी तान्ने मोटरबाट अचानक करेन्ट लागेर घाइते उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...