माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड धनगढी आउँदै

अत्तरिया- पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउने भएका छन् । प्रचण्ड पार्टीका अन्य नेताहरु सहित भोलि बिहान नियमित उडानबाट धनगढी आउने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ ।

माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक भोलि बिहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी हुने माओवादी केन्द्रका प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिएका छन् । बैठकको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।

Navadurga sun

बैठकमा पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्पा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनाद्र्धन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरु सहभागी हुने माओवादी केन्द्रले जनाएको छ । उपमहासचिव पोखरेल अहिले माओवादीको सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।

पार्टीलाई कसरी मजबुद बनाउने भन्नेबारे नेताहरुको सुझाव संकलन गर्नका लागि बैठक आयोजना गरिएको प्रदेश सचिव बुढाले बताए । पार्टी निर्माणका लागि नेताहरुको सुझाव संकलन गर्न माओवादीले सातवटै प्रदेशमा बैठकहरु तय गरेको छ ।

‘पार्टीमा देखिएका समस्या, समाधानका उपाय तथा पार्टीलाई कसरी मजबुद बनाएर लैजाने भनेर प्रदेशका नेताहरुको राय, सुझाव संकलन गर्न लागिएको हो’ सचिव बुढाले भने, ‘पार्टी निर्माणबारे नेताहरुको धारणा बुझ्न सबै प्रदेशमा हाम्रो पार्टीले अहिले कार्यक्रहरु गरिरहेको छ ।’

सुदूरपश्चिममा पार्टीभित्र देखिएको विवादबारे पनि बैठकमा छलफल हुने माओवादी नेताहरुले बताएका छन् । माओवादीले यसअघि बाग्मती र गण्डकीमा परामर्श बैठक सम्पन्न गरिसकेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...