



अत्तरिया- प्रहरीले नेकपा बहुमत निकट ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको आदेशअनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले ६ जनालाई पक्राउ गरेको हो। अत्तरियाको प्रतिभा पुस्तकालयमा बैठक बसिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको हो ।


सुदूरपश्चिम विद्यार्थी कमिटीको बैठक बसिरहेका बेला प्रहरीले धरपकड गरेको सो पार्टीका कञ्चनपुर इन्चार्ज हरिश दयालले बताए । प्रहरीले भने पक्राउ गर्नुको कारण खुलाएको छैन । पक्राउ परेका ६ जनालाई अहिले जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ ।





